News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

505
SHARES


बुटवनल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्य एक पदका लागि बुधवार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।

बुधवार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले बताएका छन्  ।

लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी,प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।

दसौदी र आचार्य दुवै रोल्पाका हुन् र रायको पुरानो घर कर्णालीको सल्यानमा हो । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । उनीहरुको मतभार फरफरक हुन्छ । प्रदेशसभा सदस्यको एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मत भार १८ कायम रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया