• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मैतीदेवी प्रहरी विटमा महानगरको डोजर

    1.1K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

    मंगलबार मध्यान्ह मैतीदेवी पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।

    त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो ।

    महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताएका हुन् ।

    ‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने, ‘नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ