• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    टर्की र सिरिया भूकम्प : पीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

    1.4K
    SHARES



    एजेन्सी । सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परेका पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परेकाहरुको उद्धारको काम सुरु गरेका हुन् ।

    सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका छन् ।

    उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्वारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्वार अधिकारीहरुलाई भनेका छन् ।

    उनले भूकम्पको क्षतिको आँकलनका साथै त्यसमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरु त्यहाँ पुगेका जनाएका छन् । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

    भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया