काठमाडौं । टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान ७ बजेर २ मिनेटमा ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।
त्यसपछि पनि त्यहाँ निरन्तर परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको थियो । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार २ सय जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया