News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

खामेनीद्वारा इरानका दश हजार कैदीहरूलाई ‘सशर्त’ आममाफी         

540
SHARES


काठमाडौँ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् ।

आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् ।

इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनअघि लिइएको हो ।

करिब पाँच महिनाअघि २२ वर्षीय महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृङ्खला सुरु भयो ।

हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् । यी मानिसहरू देशको मोरालिटी प्रहरीको कठोरता र मनोमानीपनको विरोध गरिरहेका छन् ।

त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौँलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनलाई विदेशी समर्थनले हुने ‘दङ्गा’ भनेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया