काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज सोमबार चितवनमा वपत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको रहेको छ ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको पनि बताए ।
“आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”, उनले भने, “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”
यस्तै, राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएको छ । आज सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक-२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक-२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक-२०७७ सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
प्रतिक्रिया