काठमाडौँ । प्रमुख दलक ३ शिर्ष नेताहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटबार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मावबादी अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले रातोपाटीलाई जानकारी दियो । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको जनाइएको छ ।
सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन ।
प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया