• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुवास नेम्वाङ भनछन् : अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गर्नुहुँदैन

    0.9K
    SHARES



    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।

    कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क पनि गरे । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।

    सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच  ।

    उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहोर्याएका छन् ।

    संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले बताएका हुन् ।

    यस्तै, प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबाट कार्यव्यवस्था परामर्श समितिलाई पूर्णता दिइएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख बाबुराम गौतमले कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू चयन गरिएको जनाकारी गराएका छन् ।

    प्रदेशसभा नियमावलीको नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा बढीमा ११ जनाको कार्यव्यवस्था तथा परामर्श समिति गठन हुने छ ।

    सोही अनुसार प्रदेशसभा सदस्यहरू अम्बरबहादुर बिष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ, भीम पराजुली, भुपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदीलाई कार्यव्यवस्था परामर्श समितिको सदस्यमा मनोनयन गरेको सभामुख गौतमले प्रदेशसभालाई जनाए ।

    नियम १३ अनुसार कार्यव्यवस्थाको उपाध्यक्षमा उपसभामुख र सदस्यमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री स्वतः सदस्य रहने कुरा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया