काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् । मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताएका थिए । ‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भनेका छन् ।
यस्तै, दाङको तुलसीपुरमा सालनालसहितको नवजात शुशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा आइतबार दिउँसो नवजात शिशु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । कसैले जन्मनासाथ बच्चा फालेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
‘कसैले बच्चा जन्मिनासाथ जंगलमा लगेर फालेको जस्तो देखिएको छ,’ प्रवक्ता केसीले भने, ‘स्थानीयस्तरमा अनुसन्धान जारी छ ।’ दुई तीन दिन अगाडि बच्चा कसैले जंगलमा लगेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ ।
जंगलमा मृत फेला परेको शिशुको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया