• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

    0.9K
    SHARES


    काठमाडौँ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ ।

    युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ ।

    गाजिएनटेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

    जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७.७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर तल थियो ।

    समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ । टर्कीको सरकारी सञ्चार माध्यम टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका छन् ।

    एकजना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया