• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    बार्सिलोनालाई ८ अंकको फराकिलो अग्रता

    1.2K
    SHARES



    काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति सेभियालाई ३-० ले पराजित गर्दै दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको फराकिलो अग्रता कायम गरेको छ ।

    दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले तीन गोल गरेको थियो भने बार्सिलोनाका लागि जोर्दी अल्वाले ५८ औं, गावीले ७०औं र राफिन्हाले ७९ औं मिनेटमा गोल गरेक हुन् ।

    त्यसअघि भएको खेलमा रियल भने मालोर्कासँग १-० ले पराजित भएको थियो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको २० खेलबाट ५३ अंक भएको छ ।

    बार्सिलोनासँग पराजित सेभिया २१ अंकसहित १६औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि हो । अन्य खेलमा रियल भाल्लाडोलिडले रियल सोसिडाडलाई तथा गिरोनाले भ्यालेन्सियालाई समान १-० ले पराजित गरेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया