• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड

    651
    SHARES


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    आज संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए ।

    ‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु ।’

    रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन ।

    भर्खरै सुनेँ। बिहान उहाँसँग (रवि लामिछानेसँग) भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।’

    यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले ओलीका सबै भनाइहरू सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए ।

    उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।

    उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२-०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरूलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए ।

    सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँसु बगाएको भन्दै व्यङ्ग्य गरे।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ