• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रपति र उपराष्ट्रपतिमा किचोला गर्न कांग्रेसले ढोक्सा थाप्यो : ओली

    1.3K
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फाइदा उठाउन सरकारलाई विश्वासको मत दिएको बताए ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसले आफू सत्तामा गएमात्रै लोकतन्त्र हुने तर्क गर्ने गरेको भन्दै कटाक्ष गरे ।

    उनले भने, ‘कांग्रेस भनेको लोकतन्त्र हो, लोकतन्त्र भनेको कांग्रेस हो, कांग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र भन्ने त्यस्तो भ्रमपनि कांग्रेसका साथीहरूमा रहेको छ । कांग्रेसले चुनावमा बुथ कब्जा गरेर, विदेश पठाइदिउँला भनेर, बिना ढेउवा के के भनेर अड्ड खोलेर, कार्यालय खोलेर, विदेश पठाइदिउँला भनेर, कांग्रेसलाई भोट दियो भनेमात्र बजेट पर्छ भनेर, जेजस्तो अवस्थाभएपनि चुनाव जित्नुपर्छ भनेर, किनभने कांग्रेसले जित्यो भने लोकतन्त्र हुन्छ भनेर, कांग्रेसले गरेका ती कामपनि लोकतन्त्र हुन भनेर । यसलाई हामी लोकतन्त्रको मान्य परिभाषा स्वीकन सक्छौँ र ? यो त आदर्श, मूल्यमान्यता, नीतिको स्खलन हो । यस्तो इमानबिनाको राजनीतिलाई लोकतन्त्रले विश्वास गर्न सक्दैन ।’

    उनले प्रधानमन्त्री तथा राष्ट्रपति पदमा आफ्नोबाहेक अरूको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात् विश्वासको मत दिएको पनि बताए ।

    उनले भने, ‘कांग्रेस हो उसले सरकारलाई विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिएँ, मतदान गरेको भए त ठिकै हो तर ढोक्सा थापेको हो भने गलत हो । ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा मार्ने प्रयास गरिन्छ । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फर्कियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खिचोला गर्ने उसको उद्देश्य देखिन्छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ