• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन

    566
    SHARES


    काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।

    काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब साढे ६ बजेतिर भएको हो ।

    उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम रहेको छ ।

    जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ