काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा जितेको २३ मिलियन दिराम अर्थात झन्डै ८२ करोड २७ लाख रुपैयाँ अरु साथीहरुसँग बाँड्ने बताए ।
२० जना साथी मिलेर चिट्ठा किनेकाले अरु साथीहरुलाई पनि भाग लगाउने उनको भनाइ रहेको छ । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।
पालले यो पुरस्कार जित्दा खुसी लागेको बताए । आफू कतार आएको सात वर्ष भएको जानकारी दिँदै अहिले गरिरहेको काम नछोड्ने पनि बताएका छन् ।
विजेता पालको समूहमा चारजना नेपालीसहित २० जना अरु साथी पनि रहेका छन् । पालले यस पटक आफ्नो नामका काट्दा भाग्यचिठ्ठा परेको बताएका छन् ।
“म भुइँमान्छे हुँ । मेरो नामको टिकट काट्दा चिठ्ठा प-यो । टिकट काटेका सबै साथीलाई सुनाइसकेँ । हामी सबै खुसी छौँ । रकम पाएपछि बराबर बाँड्छौँ ।” पालले भने ।
प्रतिक्रिया