• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज प्रदेश १ मा हल्का हिमपातको सम्भावना, यी २ प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

    695
    SHARES


    काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा हुस्सु लागेको छ।

    आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश एकको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

    प्रदेश एकका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू-भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया