• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार, गृहमन्त्रालय नपाएपनि सरकारमै रहने मत बलियो

    1.3K
    SHARES



    काठमाडौँ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार साँझ बसेको बैठक विना निष्कर्ष सकिएको छ । सरकारमा सहभागिता हुने वा फिर्ता हुने भन्ने विषयमा निर्णय गर्न बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

    प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अरु मन्त्रालय रोज्न विकल्प दिएका थिए । त्यसपछि सभापति रवि लामिछानेले सरकारबाट फिर्ता हुने प्रस्तावसहित बैठक बोलाएका थिए । तर बैठकमा नेताहरु दुई पक्षमा बाँडिएका थिए ।

    एक नेताका अनुसार सभापति लामिछानेले सरकारबाट फिर्ता हुने प्रस्ताव राखेका थिए । तर, बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारबाट फिर्ता हुन नहुने मत राखेका थिए । उनीहरुले गृहमन्त्रालय नदिएपनि अन्य मन्त्रालय लिएर सरकारलाई समर्थन गर्नु पर्ने मत राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले अदालतबाट फैसलाको पूर्णपाठ पनि आइनसकेको र राहदानीबारे पनि छानविन भइरहेको हुँदा रविलाई गृहमन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वयम् रविले गृह मन्त्रालय रास्वपाले पाउनु पर्ने दबाब दिइरहेका छन् ।

    यसबारे निर्णय गर्न भनेर शनिबार साँझको पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । अल्ममतमा परेपछि सभापति लामिछाने बैठक नै स्थगित गरेका थिए ।

    पार्टीका मुख्य सचेतक सन्तोष परियारका अनुसार बैठक आज ११ बजे बस्ने भएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया