• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतीय नागरिकको हत्या आरोपमा गुल्मीका एक दम्पती पक्राउ

    715
    SHARES


    काठमाडौँ । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

    भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका-१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको हो । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

    टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।

    गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ