• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वाम-दक्षिणपन्थी खिचडी गठबन्धन : माधव नेपाल

    1.2K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धनलाई वाम-दक्षिणपन्थी खिचडी गठबन्धनको संज्ञा दिएका छन् ।

    काठमाडौँमा जारी पार्टीको पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको बताउँदै यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका उल्लेख गरेका छन् ।

    उनले हालको सत्ता गठबन्धन दल प्रगतिशील चरित्रको नभएको उल्लेख गर्दै यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको बताएका छन् ।

    उनले भनेका छन्-‘यो गठबन्धन विचारहिन र अराजनीतिक चरित्रको छ । यसलाई वाम-दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ ।’

    निर्वाचनबाट मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको उल्लेख गर्दै स्थापित राजनीतिक दलहरूको जनमत आम रूपमा घटेको र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपाको जनमत बढेको बताएका छन् ।

    स्पष्ट सिद्धान्त, विचार र कार्यदिशा केही नभएको केवल पुराना पार्टी र तिनका नेतालाई गाली गरेर उदाएको रास्वपा, विगतमा पृथकतावादी गतिविधि चलाएका सिके राउतको जनमत पार्टी र थारु पहिचानको माग उठाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी समेत नयाँ शक्तिको रूपमा अस्तित्वमा आएको उनले उल्लेख गरेका छन् ।

    उनले अहिलेको सरकार दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम रहेको पनि उनको भनाई छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया