भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औ वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । साथै विजुक्छेंले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा बिजुक्छेँले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक भएको बताए । उनले शैक्षिक संस्थाहरूमा तालाबन्दी, तोडफोडका घटनाहरू हुन नहुनेमा जोड दिए । प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीहरूका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।
उनले शिक्षाको लागि मात्रै देशको झण्डै १ खर्ब रुपैयाँ बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै देशका सबै कलेज र विश्वविद्यालयहरू स्तरीय भइदिएको भए पढाइको निम्ति विदेशिने विद्यार्थीको संख्या घट्दै जाने बताए ।
यस्तै, राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा विपक्षी दलबाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन्
सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीबाट उम्मेदवार नहुने जानकारी दिएका छन् । विपक्षी गठबन्धनबाट उठ्ने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकबाट फर्केका छन् । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिँडेका छन् ।
प्रतिक्रिया