News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

भिरबाट लडेर वृद्धकाे मृत्यु

811
SHARES


खोटाङ। खोटाङमा भिरबाट लडेर एक वृद्धकाे ज्यान गएकाे छ । घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका-४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएकाे हाे ।

हिजाे बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका-१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएकाे स्थानीयले बताएका छन् ।

गएराति प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क लगिएको शव शनिवार आज बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले बताएका छन् ।

यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएकाे छ ।

हिजाे स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे हाे ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिनुभयो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया