• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है : रवि लामिछाने

    1.7K
    SHARES


    काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेले चितवनका किसानले प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्रि नभएपछि सडकमै तरकारी फालेपछि उक्त समस्याको समाधान खोजिने बताएका छन् ।

    उनले किसानले मूल्य नपाएर सडकमा नै उत्पादन फाल्नुपर्ने अवस्था दर्दनाक अवस्था भएको भन्दै त्यसको अन्त्यको लागि लागिपर्ने विश्वास दिलाएका छन् । उनले केही दिनमै चितवन पुग्नेपनि बताएका छन् ।

    उनले लेखेका छन्-“प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनाैलाे भबिस्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं । समस्या थाहा छ, समाधान खोज्ने छौं ।” उनले भनेका छन्  प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ