काठमाडौँ। अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो ।
दाउराका लागी रुख काट्ने लालेका राजेशको रुखले च्यापिएर मृत्यु भएको आफन्तले जनाएका छन् ।
स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापीएका उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देवेन्द्र बोगटीले बताए ।
प्रतिक्रिया