सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्कालाई नियुक्त गरेका हुन् ।
खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।
उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रतिक्रिया