News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदेश

पर्सामा भालुको आक्रमण बाट श्रीमान-श्रीमती घाइते, नारायणी अस्पतालमा उपचार हुँदै

802
SHARES


काठमाडौँ।  पर्साको ठोरी गाउँपालिकामा भालुको आक्रमण बाट २ जना घाइते भएका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र उनकी श्रीमती सुकमाया तामाङ घाइते भएका हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएका स्थानीय नारायण खडकाले बताए ।

जंगल बाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया