काठमाडौँ। प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नागरिक उन्मुक्ति पाटीले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो ।
बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।
१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो ।
बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।
प्रतिक्रिया