• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    घरमै बसेर नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

    801
    SHARES


    काठमाडौँ। नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । अब यात्रुले आन्तरिक तथा अन्तराष्ट्रिय उडानका टिकट अनलाइन बाटै काट्न सक्ने निगमले जनाएको छ ।

    ‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई-सेवाबाट पूर्ण रूपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनुएको छ ।

    निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने जनाएको छ । निगमले दुर्गम-विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ ।

    ‘आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरूले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ