• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    दलित समुदायलाई लक्षित गर्दै स्टाटस लेखेपछि…

    1.8K
    SHARES



    जुम्ला। सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई लक्षित गर्दै स्टाटस लेख्ने जुम्ला सिंजाका गौरीलाल जैसीविरुद्ध जातीय विभेद्‍विरुद्धको मुद्दा दर्ता भएको छ ।

    उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार मुद्दा दर्ता भएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले बताएका छन् ।

    उनका अनुसार जैसीले फेसबुकमा दलित समुदायमाथि अपमानित शब्द प्रयोग गर्दै आफू ‘उच्च’ जातिको बाहुन भएको स्टाटस लेखेका थिए । गौरी तिमल्सेना नामको फेसबुक आइडीबाट लेखेको स्टाटस उनले अहिले डिलिट गरिसकेका छन् ।

    सिंजा गाउँपालिका -२ घोडेङ्गाका जैसीले माघ १६ गते लेखेको स्टाटसले सिंगो जुम्ली दलित समुदायले विभेद्‍ महसुस गरेको भन्दै कारबाहीको समेत माग गरिएको थियो ।

    जैसीको स्टाटसलाई लिएर दलित अधिकारकर्मीले कारबाहीको माग गरी मुद्दा दायर गर्न जाहेरी दिएका हुन् । अध्यक्ष सार्कीले भने,‘प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको २४ घण्टापछि मुद्दा दर्ता भएको हो ।’

    दलित समुदायमाथि हुने विभेद्‍ कदापी सैह्य नहुने भन्दै जैशीले लेखेको फेसबुक स्टाटसले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ आकर्षित हुने भएकाले कानुन बमोजिमको माग गर्न मुद्दा दिनुपरेको उनको भनाइ रहेको छ ।

    ’अब हामी कुनै पनि हालतमा पछि हट्दैनौं। दोषीलाई कानुनी कठघरामा नल्याउँदासम्म छोड्दैनौं,’ उनले भने, ‘फेसबुकमा जथाभावी लेख्नेको कसैसँग व्यक्तिगत रिसइबी हुन सक्छ। तर ती दलित लक्षित अपमानका शब्दले सिंगो समुदायलाई असर पारेको छ । जसकारण जैसीले कानुनी सजाय भोग्नुपर्छ भन्ने हाम्रो माग हो ।’

    मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जैसीले ‘जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ को दफा ४ उपदफा (१) र (२) को (ख) विपरीत कार्य गरेको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ