• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

    757
    SHARES


    काठमाडौं । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।

    क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैंले तयार पारी जबरर्जस्ती हस्ताक्षर गर्न लगाएर ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् ।

    उक्त क्याम्पसमा ‘पासआउट’ भइसकेर पुन भर्ना भएका जोशी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका छन् । उनलाई प्रहरीको कालीमाटी वृत्तले पक्राउ गरि सोह्रखुट्टै वृत्तलाई अनुसन्धानका लागि हस्तान्तरण गरेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले राजीनामा दिन धम्क्याएर बन्दक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरीपछि आफूहरुले अनुसन्धान थालेको बताए ।

    ‘राजीनमा दिन धम्क्याएको र बन्दक बनाउन खाजेको भनेर उहाँले मौखिक जानकारी गराउनु भएको छ, हामीले त्यसमा बुझ्ने काम गरिरहेका छौं,’ उनले भने ।

    जोशीले यसअघि पनि उक्त क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुलाई कुटपिट गरेपछि उनलाई जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया