• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रास्वपा सरकारबाट बाहिरिने अवस्था म देखिँन्दिनँ : प्रमुख सचेतक परियार

    761
    SHARES


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बन्दै गएको छ ।

    पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।

    जारी बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् ।

    केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा पनि राख्ने गरेका छन् र सोहि विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो छनक नदेखिएको एक नेताले बताए ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । ‘छलफल चलिरहेको छ । पार्टी सरकारबाट बाहिरिने अवस्था म देखिँन्दिनँ’, उनले भने ।

    यस्तै नेकपा एमाले महसचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र सहमतिको खोजी गर्ने बताएका छन् ।

    ‘सत्तापक्षको तर्फबाट हामी उम्मेदवार उठाउँछौं, प्रतिक्षमा रहेकाहरूले साथ दिए भने राष्ट्रिय सहमतिको सरकार बन्छ,’ महासचिव पोखरेलले भने ।

    राष्ट्रिय युवा संघ नेपाल तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आज हेटौंडामा यस्तो बताएका हुन् ।

    समाजमा अराजकतावाद मौलाउँदै आएको र त्यसको सुरुवात व्यक्तिवादबाट भएको भन्दै उनले नेकपा एमाले यसको विरोधमा रहेको र सामूहिकतावाद स्थापित गर्न युवा संघ लाग्नुपर्ने बताए ।

    समाज परिवर्तनको अभिभारा पूरा नभएको उनकाे भनाइ छ । उनले बदलिँदो समाजलाई सुदृढीकरण गर्न उत्पादनमा जोड दिनु अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ