काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेबाटाका छन् ।
आज संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन् ।
संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनको भनाइ रहेको छ । डा. केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा पनि राखे ।
चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् ।
शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट लिएको बताएका हुन् ।
‘आफूले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु,’ उनले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’
संसदबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको बताउँदै उनले प्रतिनिधिसभाबाट आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त स्मरण गराएका हुन् ।
सांसदबाट पाएको विश्वास आफ्नो लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्ने कार्यमा सहयोग गर्न सबैमा आग्रह पनि गरे ।
प्रतिक्रिया