• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिका र क्यानडामा चीनको ‘जासुसी बेलुन’ भेटिएपछि…

    1K
    SHARES


    काठमाडौँ। बुधवार अमेरिका र क्यानडामा शङ्कास्पद जासुस बेलुन भेटियो भन्ने घटनामा चीनले मुख खोलेको छ। अमेरिकी अधिकारीहरूले यो बेलुन चीनको भएको दाबी गरेका छन् ।

    चीनको विदेश मन्त्रालयले यी रिपोर्टहरूमा शान्ति कायम राख्न अपिल गरेको छ । उनका अनुसार तथ्यविना सार्वजनिक भएका अड्कलबाजी र बढाई चढाई पेस गरिएको कुराले समाधान निस्कँदैन ।

    दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि विमानको उडान बन्द गर्नुपरेको थियो ।

    अधिकारीहरूले यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन् । तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।

    यस्तै, क्यानडाले आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा हुन सक्ने यस्ता घटनामाथि निगरानी राख्नका लागि कदम उठाइरहेको पनि जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ