• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले महोत्तरीमा मनमुटाव बढेपछि…

    650
    SHARES



    महोत्तरी । नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको विषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो ।

    रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षबीच आरोप प्रत्यारोप सुरु भएको हो । प्रदेशसभामा निर्वाचित संसद् शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरूलाई कारबाहीका लागि सिफारिस गरेकी थिइन् ।

    निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो ।

    थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिएका छन् । महतो एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्व मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयमा बसेर काम गरेका नेता हुन् ।

    एमालेको विवाद क्षेत्र-१ बाट नै सुरु भएको छ । एमाले उम्मेदवारहरूले जिते पनि साङ्गठनिक मत भने पार्टी इतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरूको बुझाइका कारण बिबाद बढेको हो । यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ ।

    जिल्ला कमिटीको बैठकमा थापालाई हराउन पार्टीभित्रबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको विषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ ।

    यस्तै, नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा दलका नेताहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल हुने महासचिव देव गुरुङले बताएका छन् ।

    हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी योजनाका बारेमा मन्तव्य दिएका थिए ।

    सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज त्यस बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ