• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह

    812
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर संघका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोेधन गर्न माग गरेको छ ।

    संघले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।

    साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएकोे इमानका उपाध्यक्ष माधप्रसाद तिवारीले जानकारी दिए । सो अवसरमा प्रधामन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

    देशको अर्थतन्त्र मजबुत बनाउन राज्य र निजी क्षेत्रको बीचमा सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्दै ‘मिडिया प्रतिपक्षीमात्र होइन उत्प्रेरक पनि हो’ भन्ने मान्यता लिएर सो संघ स्थापना भएको हो । संघले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ