News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

सांसद चौधरी रिहाइ गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम

607
SHARES


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएका छन् ।

‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन् ।

त्योबीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो ? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजयपश्चात् यो मुद्दा किन उठ्यो पूर्वाग्रही आँखाले किन हेरियो ?,’ विज्ञप्तिमा भनिएको छ।

सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया