• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    आज सरकार छाड्छौं होला : रवि

    769
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

    पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वादका क्रममा सोकुरा बताएका हुन् ।

    रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिए ।

    सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका उनले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै बाहिरिने तयारीमा रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया