News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो : प्रचण्ड

1K
SHARES


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताए ।

आज बिहिबार पार्टी कार्यालय पेरिस डाँडामा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जनाए ।

‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’

नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताए । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी रहेको छ ।

माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताएका हुन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया