काठमाडौँ। काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजे ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने बताएका छन् ।
उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेपछि नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको थियो ।
स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया