News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

भारतबाट फर्किएका प्रकाश धनगढीको होटलमा मृत फेला

1K
SHARES


काठमाडौँ । भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका-१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए ।

शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिका बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए । मृतककी श्रीमती गंगादेवी घर्तीमगरका अनुसार प्रकाश गत मंसिरमा कामको खोजीमा भारत गएका हुन् ।

बाटोमा भेट भएर सँगै नेपाल फर्किएका छत्रबहादुरका अनुसार भारतमा प्रकाश कार्यरत आपको बगैंचाका मालिकले मानसिक अवस्था ठीक नभएको भन्दै घर पठाएका थिए ।

यसअघि गंगादेवी पनि श्रीमानसँगै भारतमा काम गर्दै आएकी थिइन् । मृतकका १७ वर्षीय र १२ वर्षीय दुई छोरा रहका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया