News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ : नेता महरा

583
SHARES


काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताए ।

बिहीबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता महराले रवि लामिछानेको विषयमा मुद्दा अझै नसकिएको र फैसलाको पूर्णपाठ नआएकाले धैर्य गर्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ,’ उनले भने, ‘सभापति रवि लामिछानेको मुद्दाको अझै पूर्णपाठ आएको छैन, मुद्दा पनि सकिएको छैन अनि मन्त्रीमण्डलमा के गर्ने भन्नेबारे निर्णय हुन पनि बाँकी नै रहको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताइरहँदा त्यसलाई पनि माओवादी सामान्य रूपमा लिएको उनले बताए यस्तै ‘उहाँ (ओली)को भनाइले सत्ता साझेदार दलमा समस्या पैदा भएको छैन।’ उनले भने ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि सांसद् र मन्त्री पद गुमाएका सभापति रवि लामिछाने अहिले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन्।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने अदालतको आदेशको पूर्णपाठ कुरेर बसेका छन्। पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफूसँगै रहने उनले बताइसकेका छन्।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया