• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फरार अभियुक्तको चक्कु प्रहारबाट हवल्दार घाइते, घटनापछि भाग्न सफल रवि नियन्त्रणमा

    882
    SHARES



    वीरगञ्ज । रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका हुन् ।

    बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए ।

    प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

    घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।

    रौतहट गौर नगरपालिका वडा नं. ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ