काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्न र लेख्न बाँकी भए भनीहाल्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबूकमार्फत भन्न र लेख्न बाँकी भए भनिहाल्न र आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
अहिले सामाजिक सञ्जालमा उनले यस अघि गरेको पोष्टहरु भाइरल र गालीगलोज आएसँगै यस्तो लेखेका हुन्। नागरिकता सम्बन्धी विवादका कारण गत शुक्रबार रवि लामिछाने सांसद पद गुमाएका थिए।
त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए। तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेसँगै माघ १५ गतेनै राहदानी फिर्ता गरेका थिए।
उनी माथि विगतमा अमेरिकी र नेपाली दुवै देशको राहदानी प्रयोग गरेको आरोप पनि लागेको थियो। नेपाली राहदानी लिँदा उनले अमेरिकी राहदानी पनि प्रयोग गरेको आरोपथिय ।
प्रतिक्रिया