• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून

    877
    SHARES



    काठमाडौं । देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

    आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

    मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ । शुक्रबार दिउँसो पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबार दिउँसो प्रदेश नं. १ लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ । राति प्रदेश नं. १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागहरूमा पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भाग सामान्यतया सफा रहनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया