• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मोटरसाइकल पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न डब्ल्यूएचओको दबाबपछि…

    1.6K
    SHARES



    काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल पछाडि बस्नेका लागि हेल्मेट अनिवार्य गर्न छलफल गरेको छ।

    सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि प्रारम्भिक छलफल गरिएको मन्त्रालयले बताएको छ ।

    खासगरी मोटरसाइकल-स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने गरेकाले यस विषयमा छलफल गरिएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा यस सन्दर्भमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा व्यक्तित्वहरूको उपस्थिति थियो ।

    त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामूलक कार्यक्रम जरूरी भएको बताएका छन् । जीवन सुरक्षा सामाजिक सुरक्षा पनि भएकाले नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने उनले बताए ।

    छलफलमा सहभागी एमाले नेता, सांसद तथा रोड सेफ्टी अलायन्सका कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुईपांग्रे साधन नै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनु परिरहेको पनि बताएका छन् ।

    अन्तर्राष्ट्रिय रूपमै हेल्मेट अनिवार्य हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने उनको भनाइ छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुईपांग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउँदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाउन नहुने बताएका छन् ।

    यसअघि पनि सरकारले हेल्मेट अनिवार्य नगरेको होईन ति निर्णयहरुमा विवाद सिर्जना भएपछि रोकिने गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ