• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सडकमा नाचेकै कारण १० वर्षको जेल सजाय

    1.6K
    SHARES



    इरान। इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय हुने भएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो ।

    सार्वजनिक भएको भिडिओमा उनीहरू तेहरानको फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छ । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए । इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन ।

    २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।

    गएको वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा ज्यान गएपछि इरानमा सरकारविरोधी प्रदर्शन भएको थियो । तर यो जोडीको नाच विरोधसँग नजोडिएको उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया