काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
बुधबार बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच छलफल भएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगे।
बालुवाटार स्रोतका अनुसार दुवै नेता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनका लागि दाहालसँग छलफलमा रहेका हुन् । प्रधानमन्त्री दाहाल भने पासपोर्टको विषय छानबिनमा रहेको भन्दै लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । तर‚ एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन भने लामिछानेललाई जिम्मेवारी दिने पक्षमा छन् ।
प्रतिक्रिया