• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यूएसएआईडी प्रमुख पावर नेपाल आउँदै

    565
    SHARES


    काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् । यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ ।

    नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण रहने छ । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत रहेकी छन् ।

    तर उनी कुन मितिमा आउने भन्ने सम्बन्धमा भने प्रस्ट भैसकेको छैन । कूटनीतिक स्रोतका अनुसार सामन्थाको भ्रमण माघ २२ गतेदेखि २४ गतेसम्म हुने गरी गृहकार्य भइरहेको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले सोही मितिलाई आधार मानेर पावरको भ्रमणको गृहकार्य गरिरहेको स्रोतले बतायो । अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    यूएसएआईडीद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा प्रमुख पावरले नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल उल्लेख छ ।

    साथै, उनले भ्रमणमा नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । उनले नेपाल र यसको नेपालको सरकारसँगको हाम्रो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने विज्ञप्तिमा उल्लेख छ । उनले संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई बलियो बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया