महाेत्तरी। भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका-९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका-२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका-१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका-४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका-१० का ३८ वर्षीय अमितकुमार मल्लिक रहेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीले बताएको छ ।
उनीहरुले भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया