काठमाडौँ। सिंहदरबारको पूर्वी गेटअगाडिको ढल फुटेर दुर्गन्ध फैलिएको छ ।
ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातमा अवरोध सिर्जना भएको हो । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य हुनुका साथै यात्रुलाई समस्या बएको छ ।
ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरूले सास्ती व्यहोर्नुपरेको छ ।
सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । मंगलबारदेखि फुटेको ढल आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।
प्रतिक्रिया