• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    आफ्नै गान र लोगो बनाउने तयारिमा तातोपानी गाउँपालिका

    729
    SHARES


    काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ ।

    गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एकमहिने सार्वजनिक सूचना जारी गरिएको छ ।

    खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताएका छन् ।

    डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृत समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनले भने, ‘पालिकाको एउटै पत्रमा नेपाल सरकारको लोगो रहने गरी अर्को छेउमा तातोपानी गाउँपालिकाको लोगो बनाइने छ । लोगो र पालिका गान मौलिक हुनुपर्नेछ उनको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ